07 May
07May

Ribdi, May 7, 2023: सिक्किमको सोरेङ जिल्लाको भरेङ्ग गाउमा अवस्थित पालयुल जाङछुब छोलिङ गुम्पाका दोर्जी लोपेन श्री फुर्बा साङ्गे शेर्पाले दक्षिण भारतको मइसोर स्थित नाम्ड्राेलिङ उच्च बौद्ध शैक्षिक संस्थानबाट भर्खरै मात्र समापन भएको दिक्षान्त समारोहमा परम पुज्य कर्म खोरचेन रिन्पोछेको बहुलीबाट बौद्ध दर्शनका सुत्र अनि तन्त्र बिषयमा अनुसन्धान पूर्ण गरे बापत् खेन्पोको उपाधि प्राप्त गर्नु भएको छ। यस खेन्पोको उपाधिको प्राप्तिसंगै वहाँलाई खेन रिन्पोछेको दर्जा पनि प्राप्त भएको छ।हिजो मात्र खेन्पो फुर्बा साङ्गे शेर्पा दक्षिण भारतबाट आफ्नो गाऊ फर्कनु भएको थियो। वहा खेन्पो हुनुभएकोमा सारा सिक्किमे बौद्ध धर्म अनुयायीहरु कितका हर्षित छन् भन्ने कुरा हिज सिक्किमको मल्लि चेक पोस्ट, जोरथाङ, दरमदीन, कालुक, सोमबारे, ओख्रे अनि रिब्दीका सम्पूर्ण जनताले हृदयबाटै वहाँलाई स्वागत गर्दाको दृश्यले उजागर गर्यो। स्वागत गर्ने क्रममा वहाँको आफ्नो पालयुल जाङछुब छोलिंग गुम्पामा अघिबाटै सिक्किमको सबै जिल्लाबाट आउनुभएका अनुयायीहरुको जमात थियो। यसका साथै डेञ्जाेङ शेर्पा संघका केन्द्रिय कार्यकारिणी समिति लगायत विविन्न ठाउँबाट आएका शेर्पा किदुगका सदस्यहरुकाे पनि उपस्थिति थियो। डेञ्जाेङ शेर्पा संघका अध्यक्ष्य श्री दोर्जी शेर्पा पिनासा लगायत सबै सदस्यहरुले खेन्पो फूर्बा साङ्गे शेर्पालाई खादा लगाएर हार्दिक बधाई तथा सुभकामना टक्राउनुभयो।


Comments
* The email will not be published on the website.